बाजुरामा भूकम्प: ढुंगाले किचेर एक महिलाको मृत्यु

बाजुरामा गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ।

गौमुल गाउँपालिका-२ को जुरेलीकोमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय जमुना रोकायाको जंगलमा घाँस काट्दै गरेकाे बेला माथिबाट खसेको ढुङ्गाले किचेर घटनास्थलमै मृत्यु हाे।

मंगलबार दिउँसो बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलब नौ म्याग्निच्युटको भूकम्प गएको थियाे। बाजुरालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्ली र वरपरका क्षेत्रमा पनि महसुस गरिएको थियाे।

प्रकाशित मिति: : 2023-01-24 17:41:00

प्रतिकृया दिनुहोस्