सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको छ।
भूकम्पमापन केन्द्रका अनसार मंगलबार दिउँसो २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको हाे।
सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत पश्चिमी क्षेत्रमा भूकम्पको महसुस गरिएकाे छ। भूकम्पको झट्काका कारण घरभित्र रहेका व्यक्ति बाहिर निस्किएका थिए।
भुकम्पका कारण बाजुराकाे बडिमालिकामा सात घरमा क्षति पुगेको छ। भूकम्पबाट पुगेको क्षतिको विवरण आउन बाँकी छ।