प्रदेश १ः कांग्रेस प्रमुख सचेतकमा भूपेन्द्र राई चयन

नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभामा भूपेन्द्र राईलाई प्रमुख सचेतक चयन गरेको छ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधान बमोजिम राईलाई प्रमुख सचेतक नियुक्त गरेको हो।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) बमोजिम सचेतक चयन गरेको थापाले बताए।

राई खोटाङ प्रदेशसभा (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। कांग्रेस प्रदेश १ का महामन्त्रीसमेत रहेका उनी चुइचुम्मा गाउँपालिकाका पूर्व अध्यक्ष पनि हुन्।

प्रकाशित मिति: : 2023-01-23 13:38:00

प्रतिकृया दिनुहोस्