चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा गेडागुडीमा जडिबुटी मिसाएर खाँदा एक जनाको मृत्यु भएको छ। तीन जना बिरामी परेका छन्।
मृत्यु हुनेमा ३५ वर्षीय दिपक रोकाया रहेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ३८ वर्षीय तिल धराला, २८ वर्षीय टंक रोकाया र ३० वर्षीय पारस धराला बिरामी छन्।
बिरामीमध्ये तिल रोकाया घर धनी भएकाे र अरू सबै उनको घर बनाउन लागेका मिस्त्री भएकाे डिएसपी नरेन्द्र चन्दले बताए।
गेडागुडी खाइसकेपछि सबै जना एक्कासि बेहोस भएका थिए। उनीहरुलाई तत्कालै कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि स्थानीय भैरबहादुर धरालाले बताए।
उनले गेडागुडीमा हालिएको जडिबुटीमा विष परेको हुन सक्ने बताए। मृतक बाहेक अन्य ३ जना होसमा आइसकेका छन्। उनीहरुको आईसियुमा राखेर उपचार भइरहेको छ।