जातीय विभेद हटाउन गाउँपालिका कार्यालयमा राखियाे दलित भान्छे

बैतडीको शिवनाथ गाउँपालिकाले जातीय विभेद हटाउन गाउँपालिका कार्यालयमा खाना पकाउनकाे लागि दलित समुदायकाे व्यक्तिलाई नियक्त गरेकाे छ।

समाजमा हुने जातीय विभेद हटाउनुपर्छ भन्ने सन्देश दिन गाउँपालिकाले दलित समुदायका व्यक्तिलाई भान्छे नियुक्त गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउद बताएकाे गाेरखापत्रमा खबर छ।

नेपाली कांग्रेसका नेता कर्ण साउद शिवनाथ गाउँपालिका अध्यक्षमा विजयी भएपछि उनले गाउँपालिकाको भान्छेमा प्रकाश नेपाली औजीलाई नियुक्त गरेका हुन्। साउद दोस्रो पटकको स्थानीय तहको निर्वाचन २०७९ मा पनि गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्।

समाजमा व्याप्त कुरीति र कुसंस्कार हटाउने आफ्नो ध्येय रहेकाले प्रकाश नेपालीलाई गाउँपालिकामा खाना पकाउने भान्छे नियुक्त गरेको गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए।

प्रकाशित मिति: : 2023-01-22 09:41:00

प्रतिकृया दिनुहोस्