प्रधानमन्त्री प्रचण्डले नियुक्त गरे सचिवालयमा कर्मचारी

File Photo
File Photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा कर्मचारी नियुक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गङ्गा दाहाललाई नियुक्त गरेका छन्।

यस्तै, प्रधानमन्त्रीको स्वकीय सचिवमा निजामतीतर्फबाट नवराज ढुङ्गाना र स्वकीय सहसचिवमा गोकर्ण भट्टलाई नियुक्त गरिएको छ।

प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त भएका छन्। प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार, कुटनीतिक सल्लाहकार, जनसम्पर्क विज्ञ र आइटी विज्ञलगायत क्षेत्रमा नियुक्त गर्न बाँकी रहेको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-01-20 18:17:00

प्रतिकृया दिनुहोस्