राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्रीहरूको नाम टुंगो लगाएका छन्।
मंगलबार बिहान बसेको संसदीय दलको बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको नाम टुंगो लगाएको हो।
रास्वपाका सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षामन्त्री बनाउने निर्णय गरेका छन् भने तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन्।
मन्त्रीको जिम्मेवारी पाएका उनीहरुले आज १ बजे शपथको ग्रहण गर्दैछन्।