आइतबार बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भई पहिचान नभएका शवलाई काठमाडौं पठाइने भएको छ।
सोमबार अपरान्हसम्म ३५ शव पहिचान भएका र विदेशीसहित अन्यको शव पहिचान गर्न कठिन भएपछि काठमाडौं पठाउन लागिएको कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन्।
उनका अनुसार डिएनए टेस्टमार्फत शव पहिचान गर्नका लागि काठमाडौं पठाउन लागिएको हो। शव पहिचान भएकाको हकमा पोष्टमार्टम गरी आफान्तलाई शव बुझाइने छ। त्यसका लागि एम्वुलेन्सहरु तयारी अवस्थामा राखिएका छ।