आइतबार बिहान काठमाडाैँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेकाे २० मिनेटमै यति एयरलाइन्सकाे ९एन– एएनसी विमान पाेखरास्थित सेती खाेँचमा खस्याे। पाेखरा विमानस्थलमा अवतरणकाे लागि अनुमति मागेकाे १ मिनेटमा नै जहाजमा एकाएक खाेँचमा खसेर आगाे दन्किन थाल्याे।
७२ जना यात्रु आगाेकाे मुस्लाेमा छट्पटिएका सामाग्रीहरु सामाजिक सञ्जालमा फैलिएसँगै सार नेपालीहरुकाे मन एकाएक कालाे बादल मडारिन थाल्याे। केही समयमा नै जहाज सवार यात्रुहरुकाे मृत्युकाे खबरसमेत आउन थालेपछि त झन सारा नेपालीहरुकाे मन विक्षिप्त बन्याे। याे समाचार तयार पार्दासम्म जहाजमा सवार ७९ जना यात्रुकाे ज्यान गएकाे पुष्टि भएकाे छ। जसमा रहेकी छिन्, बागलुङकी लाेकदाेहारी गायिका निरा छन्त्याल।
साेमबार पाेखरामा हुने कार्यक्रममा सहभागी हुन जाँदै गरेकी २२ वर्षीया अन्त्यालकाे आजकाे दिन नै अन्तिम बस्याे।
नेपाली लाेकदाेहाेरी क्षेत्रमा सक्रिय निराले छाेटाे समयमा नै धेरै दर्शककाे मन जितेर चर्चा कमाएकी थिइन्। निरा विशेषगरी लाइभ दाेहाेरीमा सक्रिय थिइन्। संगीत नै आफ्नाे जीवन रहेकाे बताउने गरेकी उनले केही आजभन्दा दुई दिनअघि मात्रै सामाजिक सञ्जाल फेसबुकमा आफ्ना बाबाले एउटा सपना पूरा गर्न पाएकाे भन्दै खुसी साटेकी थिइन्।
‘सानो होस् या ठुलो तर बाबा आमाको कोखमा जन्म लिएको २२औँ वर्षमा बाबाको एउटा सपना पूरा गर्न पाएको छु,’ उनले फेसबुकमा लेखेकी छिन्,‘मलाई सल्लाह दिनुहुने सम्पूर्णमा धेरै–धेरै धन्यवाद, अझै धेरै धन्यवाद शलिना सानी र दिदी भिनाजुहरुप्रति।’
निराले आफूले पूरा गरेकाे बाबाकाे सपनाबारे त सामाजिक सञ्जालमा उल्लेख गरेकी छैनन् तर उनले आफ्नाे बाबाकाे लागि जे सपना पूरा गरिन् त्याे नै अन्तिम भएकाे छ। अब उनी याे संसारमा रहिनन्।