युट्‍युबर बाेकेर माइतीघर पुगे गृहमन्त्री लामिछाने

Photo-NK
Photo-NK

नेपालगन्जकी निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई गृहमन्त्री रवि लामिछानेले भेट गरेका छन्।

शनिबार भएकाे भेटका क्रममा गृहमन्त्री लामिछानेले धर्नामा रहेका अधिकारकर्मी र आफन्तहरूलाई न्याय पाउनेमा ढुक्क हुन आग्रह गरेका छन्।

यस विषयमा गृहमन्त्री हुनुभन्दा अघि पनि आवाज उठाएको र अब पनि निरन्तर लागिरहेको उनले बताएका छन्। स–सानाे प्रचारमा रमाइरहेका उनी युट्‍युबर बाेकेर माइतीघर पुगेका हुन्।

निर्माला कुर्मीको अपहरण र बेपत्ता बनाउने घटनामा राजनीतिकर्मीकै संलग्नता रहेको आरोप छ। लामिछानेले जाेसुकैकाे संलग्नता भए पनि दाेषीलाई कारवाही गरेरै छाड्ने बताएका छन्।

प्रकाशित मिति: : 2023-01-14 15:27:00

प्रतिकृया दिनुहोस्