सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित ३ जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्।
प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलसहित ३ मन्त्रीलाई शपथ गराएका हुन्।
मुख्यमन्त्रीसंगै एमालेबाट विनाविभागीय मन्त्री सन्तोषकुमारी थापा र नेकपा माओवादी केन्द्रबाट अर्का विनाविभागीय मन्त्रीमा खगराज भट्टले शपथ लिएका हुन्।