कर्णाली प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश हुँदै

File Photo
File Photo

कर्णाली प्रदेशको मुख्यमन्त्रीको लागि दाबी पेश गर्न प्रदेश प्रमुख तिलक परियारले दिएको समयसीमा बुधबार बेलुका ५ बजे सकिनै लाग्दा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको बीच अहिले फेरि छलफल सुरु भएको छ।

माओवादीका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लका अनुसार अहिले दुई दल बीचमा छलफल सुरु भएको छ। छलफल मन्त्रालय बाँडफाँटको विषयमा केन्द्रीत छ।

शीर्ष नेताहरुको बीचमा कर्णाली प्रदेशमा माओवादीलाई मुख्यमन्त्री दिने सहमतिअनुसार नै छलफल भएको छ। एमालेको तर्फबाट वार्ता तथा छलफल गर्नका लागि दलका नेता यमलाल कंडेललाई मंगलबार नै जिम्मेवारी दिइएको थियो।

माओवादी स्रोतका अनुसार ४ बजेभित्र नै मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्न गइसक्ने कार्ययोजना छ। माओवादी र एमालेका गरी २३ जना प्रदेशसभा सदस्यहरू छन्। सरकार बनाउनका लागि २१ जना प्रदेशसभा सदस्य भए पुग्ने अंकगणित  छ।

एमालले कर्णालीमा आफूलाई आधा कार्यकाल चाहिने मागसमेत गरेको छ। माओवादीबाट मुख्यमन्त्रीको उम्मेदवार राजकुमार शर्मा छन्। उनी माओवादीबाट संसदीय दलको नेता हुन्। एमालेबाट कंडेल दलको नेता रहेका छन्। 

प्रकाशित मिति: : 2023-01-11 11:04:00

प्रतिकृया दिनुहोस्