प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसले लगायो ह्वीप

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा दलका मुख्य सचेतकले पार्टीका सांसदहरुलाई ह्वीप जारी गरेका हुन्। सदीय दलको बैठकमा कांग्रेसका ५ जना सांसदले प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका थिए।

प्रधानमन्त्री प्रचण्डले नयाँ बानेश्वरस्थित संसद भवनमा जारी प्रतिनिधिसभा बैठकमार्फत विश्वासकाे मत लिँदैछन्।

प्रकाशित मिति: : 2023-01-10 16:48:00

प्रतिकृया दिनुहोस्