नेकपा (एमाले) अध्यक्ष केपी ओलीले सरकारलाई समर्थन गर्ने कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै अध्यक्ष ओलीले सरकारलाई समर्थन गर्ने कुनै जालझेल होइने भने कांग्रेसको निर्णयलाई स्वागत गर्ने बताए। तर, यदि जाल हो भने कांग्रेसले माछा नभएको खोलामा जाल फ्याँकेको ओलीको भनाइ छ। उनले कांग्रेसले केही नपाउने पनि दाबी गरे।
‘कांग्रेसले सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ। यो जाल होइन भने स्वागतयोग्य छ,’ अध्यक्ष ओलीले भने, ‘यदि जाल हो भने कांग्रेसले माछा नभएको खोलामा जाल फ्याँकेको हुनेछ।’ सरकारलाई समर्थन गरेको कांग्रेस पनि सत्तापक्ष रहेको ओलीको बुझाइ छ।