एस प्रवेशकाे लागि घनश्याम भुसालले अघि सारेका प्रस्तावमा के छन् ? (पूर्णपाठ)

गत निर्वाचनमा टिकट नपाएर नेकपा (एमाले) छाडेका घनश्याम भुसालले आफ्ना पुराना नेता माधवकुमार नेपाल नेतृत्वकाे एकीकृत समाजवादी पार्टी (एस)मा समाहित हुने तयारी थालेका छन्। नेता भुसालले पाँच बुँदे प्रस्ताव अगाडि सारेका छन्, ती प्रस्तावमा सकारात्मक जवाफ पाए औपचारिक रूपमा एकीकृत समाजवादीमा प्रवेश गर्ने छन्।

नेता भुसालले एकीकृत समाजवादीको वाम एकता वार्ता समितिसमक्ष ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव’ शीर्षकमा विभिन्न पाँच वटा प्रस्ताव अघि सारेका छन्।

भुसालले व्यक्तिगत लाभ हानी भन्दा पनि क्रान्तिकारी पार्टी निर्माणको प्रश्न मुख्य रहेको भन्दै लोकतन्त्र र वामपन्थलाई वास्तविक लोकतन्त्र र वास्तविक वामपन्थ बनाउने हो भने एकीकृत समाजवादी पार्टी आज कति ठुलो वा सानो छ भन्ने कुरा गौण राख्नुपर्ने उल्लेख गरेका छन्।

यस्ताे छ भुसालकाे प्रस्ताव:

प्रकाशित मिति: : 2023-01-10 12:32:00

प्रतिकृया दिनुहोस्