एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासकाे मत दिने

नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासकाे मत दिने भएकाे छ।

आज (मंगलबार) एकीकृत समाजवादीकाे पार्टी कार्यालयमा बसेकाे बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत दिने निर्णय गरेकाे पार्टी प्रवक्ता जगननाथ खतिवाडाले जानकारी दिए।

प्रधानमन्त्री दाहालले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाकाे दाेस्राे बैठकमार्फत विश्वासकाे मत लिँदै छन्। संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीमा नियुक्त भएकाे एक महिनाभित्र विश्वासकाे मत लिनुपर्ने व्यवस्था रहेकाे छ। त्यसकाे लागि प्रधानमन्त्रीले संसदमा बहुमत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाे छ। २ सय ७५ सदस्ययी प्रतिनिधिसभा सांसदमध्ये विश्वासकाे मत प्राप्त गर्न लागि प्रधानमन्त्रीलाई १ सय ३८ सांसदकाे मत आवश्यकत रहेकाे छ।

सात दल र तीन स्वतन्त्र सांसद गरी १ सय ७९ जना सांसदकाे समर्थनमा प्रचण्ड यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

पहिलाे चरणमा ८ सदस्यीय मन्त्रीमण्डल गठन गरेका प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत प्राप्त गरेसँगै मन्त्रीमण्ड बिस्तारलगायतका कार्यलाई पूर्णता दिने छन्।

प्रकाशित मिति: : 2023-01-10 09:30:00

प्रतिकृया दिनुहोस्