कृष्णपुरका विद्यालय चार दिन बन्द रहने

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विद्यालय चार दिन बन्द हुने भएका छन्। नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मौसम प्रतिकुलताका कारण पुस २६ देखि २९ सम्म बिदा दिने जनाएको हो।

नगरपालिकामा कार्यरत उपसचिव विष्णुदत्त भट्टद्धारा जारी जारी सूचनामा शैक्षिक सत्रको संञ्चित जाडो विदाबाट मिलान हुने गरी पालिका अन्तरगतका सबै विद्यालयहरुमा जाडो बिदा थप गर्ने निर्णय गरिएको उल्लेख छ। 

सूचनामा बिदा अवधिमा विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव नपर्ने अवस्था रहेमा विद्यालयहरुले अतिरिक्त कक्षा तथा अतिरिक्त क्रियाकलाप संचालन गर्न सकिने उल्लेख छ।
 

प्रकाशित मिति: : 2023-01-09 21:27:00

प्रतिकृया दिनुहोस्