अमेजनले १८ हजारभन्दा बढी कर्मचारी कटौती गर्ने योजना बनाएको छ।
जुन कम्पनीको इतिहासमा सबैभन्दा ठूलो संख्या हो। कम्पनी हाल लागत बचत गर्न संघर्ष गरिरहेको छ।
विश्वव्यापी रूपमा १५ लाख मानिसहरूलाई रोजगार दिएको अमेजनले रोजगार कटौती कुन देशमा हुनेछ भनेर केही उल्लेख गरेको छैन्।
अमेजन फ्रेस र गो र यसको मानव संसाधन डिभिजनलगायतका पसलहरूबाट धेरैजसो रोजगारी गुम्ने अनुमान गरिएको छ।
बोस एन्डी जसीले कटौतीको लागि अनिश्चित अर्थतन्त्रलाई दोष दिँदै कम्प्नीले ‘धेरै वर्षहरूमा द्रुत रूपमा कर्मचारी हायर’ गरेको बताए।