स्ववियु निर्वाचन ५ चैतमा गर्ने निर्णय

File photo
File photo

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन ५ चैतमा हुने भएको छ। 

विद्यार्थी कल्याण परिषद्को बिहीबार बसेको बैठकले स्ववियु निर्वाचन आउँदो ५ चैतमा गराउने निर्णय गरेको हो। 

स्ववियु निर्वाचन लामो समयदेखि हुन नसक्दाँ त्रिवि आलोचित हुँदै आएको थियो। 
 

प्रकाशित मिति: : 2023-01-05 14:13:00

प्रतिकृया दिनुहोस्