युरोपेली सङ्घका राजदूत र  प्रधानमन्त्रीकाे भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा उनीहरुबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

यस्तै आजै प्रधानमन्त्री दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्याप्लरले पनि शिष्टाचार भेट गरेका थिए।यस क्रममा उनीहरुबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो। 

प्रकाशित मिति: : 2023-01-04 15:36:00

प्रतिकृया दिनुहोस्