उप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच भेटवार्ता

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ। 

सिंहदरवारस्थित मन्त्रालयमा बुधबार भएको भेटमा राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। 

सोही क्रममा भारतको सहयोगमा भइरहेका विकास निर्माण कार्यमा चासो राख्दै राजदूत श्रीवास्तवले नेपालको विकास र समृद्धिका लागि भारतले निरन्तर सहयोग गरिरहने बताए।

साथै केही आयोजनामा देखिएका समस्या समाधानका विषयमा पनि मन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ। 

राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठलाई भारत भ्रमणको निम्तोसमेत दिएका छन्।

प्रकाशित मिति: : 2023-01-04 13:35:00

प्रतिकृया दिनुहोस्