लुम्बिनीमा माओवादी संसदीय दलको नेतामा जोखबहादुर महरा निर्वाचित

लुम्बिनीमा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा जोखबहादुर महरालाई चयन गरेको छ।

सोमबार दिउँसो १ बजे प्रदेशसभा सदस्यहरुको बैठकले स्थायी समितिका सदस्य एवं रोल्पा १ (१)बाट प्रदेश सभामा निर्वाचित महरालाई दलको नेतामा चयन गरेको हो।

महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको आश्वसनसहित निर्वाचनमा होमिएका थिए। तर माओवादीले मुख्यमन्त्री पाउने वा नपाउने भन्नेमा अन्योलता रहेको छ। लुम्बिनीमा सबैभन्दा ठूलो दल एमालेको पनि दाबी रहेको छ।

एमालेले आइतबार रुपन्देही २(१)बाट निर्वाचित प्रदेशसभा सदस्य लिला गिरीलाई दलको नेतामा चयन गरेको थियो। कांग्रेले पनि आज सोमाबार दाङ निर्वाचन क्षेत्र नम्बर ३(१)बाट निर्वाचित डिल्ली चौधरीलाई दलको नेतामा चयन गरेको छ।

प्रकाशित मिति: : 2023-01-02 13:30:00

प्रतिकृया दिनुहोस्