इलाममा पोखरीमा डुबेर एक युवती मृत्यु भएको छ।
आफ्नै घर नजिकको पोखरीमा डुबेर इलाम नगरपालिका–१, साखेजुँङ बस्ने २६ वर्षीया हिमान्सी दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ।
पोखरीमा पौडी खेल्न जाने क्रममा डुबेर घाइते भएकी उनको इलाम अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।