मधेस प्रदेशसभामा कांग्रेस संसदीय दलको नेताको निर्वाचन हुँदै

मधेस प्रदेशसभामा दोस्रो ठूलो दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन हुने भएको छ।

उक्त दलको प्रदेश संसदीय दलको नेता निर्वाचन समिति संयोजक चन्द्रशेखरकुमार यादवले आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म पार्टीको प्रदेश कार्यालयमा मतदानको कार्यक्रम तय भएको जानकारी दिए। 

संसदीय दलको नेताका लागि कृष्णप्रसाद यादव र रामसरोज यादवको उम्मेदवारी परेको उनले बताए। कृष्णप्रसादको प्रस्तावकमा वीरेन्द्रप्रसाद सिंह र सुनिलकुमार यादव तथा समर्थकमा जङ्गीलाल राय र नागेन्द्र साह रहेका छन्। 

यसैगरी रामसरोजको प्रस्तावकमा कौशलकिशोर राय र समर्थकमा जीवछी यादव रहेका छन्। यसअघि पार्टीको महाधिवेशनमा पनि प्रदेश सभापतिका लागि पनि उनीहरु दुवैबीच प्रतिस्पर्धा भएकामा  कृष्णप्रसाद निर्वाचित भएका थिए। 

प्रकाशित मिति: : 2022-12-29 12:44:00

प्रतिकृया दिनुहोस्