कांग्रेस बागमती प्रदेशसभा संसदीय दलमा नुवाकाेटका लामा विजयी

नुवाकाेटका बहादुर सिंह लामा कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा विजयी भएका छन्।

नुवाकोटबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उनले मकवानपुरका इन्द्र बानियालाई पराजित गरेका हुन्।

बुधबार भएको निर्वाचनमा कांग्रेस प्रदेश सभापति समेत रहेका बानियाले १६ मत पाउँदा लामाले २१ मत पाए।

प्रकाशित मिति: : 2022-12-28 16:42:00

प्रतिकृया दिनुहोस्