'पृथ्वी जयन्तीमा बिदा दिए' राप्रपा सरकारमा सहभागी हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारमा जाँदै गर्दा अनेकाैं सर्तअघि सारेकाे छ।

जारी केन्द्रीय कार्यसम्पादन बैठकमा बहुसंख्यक नेताहरूले सरकारमा जाने धारणा राखेकाे एक केन्द्रीय नेताले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।

राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, मन्त्रिपरिषद्‍बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनकाे दायरमा ल्याउनुपर्ने लगायतका सर्त सरकारसँग राख्ने निर्णय गरेको छ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकार प्रधानमन्त्री बन्न समर्थन गरेर सरकारमा जाने निर्णय गरेकाे राप्रपा केही समयमै पछि हटेकाे थियाे।

तर, बुधबार बसेकाे बैठकमा अधिकांश नेताहरूले सरकारमा जाने मत राखेपछि राप्रपा सरकारमा जाने निश्चितजस्तै भएकाे ती नेताले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2022-12-28 16:14:00

प्रतिकृया दिनुहोस्