महिलाको ‘पाठेघरको मुख र स्तन क्यान्सर’को टेस्ट निःशुल्क गर्न सांसद घर्तीको माग

Break n Links
Break n Links

नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले महिलाहरूको प्रमुख स्वास्थ्य समस्या पाठेघरको मुखको क्यान्सरसम्बन्धी भीआईए स्क्रिनिङ टेस्ट ग्रामिण क्षेत्रमा शिविरमार्फत निःशुल्क गर्न आग्रह गरेकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले ग्रामीण भेगसम्म पाठेघरकाे मुखकाे क्यान्सरसम्बन्धी भीआईए स्क्रिनिङ टेस्टलाई नियमित शिविरमार्फत ग्रामीण भेगसम्म निःशुल्क रुपमा र स्तन क्यान्सरको म्यामाेग्राफी स्क्रिनिङ टेस्टलाई दक्ष जनशक्ति र आधुनिक प्रबिधियुक्त उपकरणसहित सबै प्रदेशबाट निःशुल्क रुपमा हुने व्यवस्था गर्न माग गरेकी हुन्।

उनले विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार १९ दशमलव ४ प्रतिशत महिलामा पाठेघरकाे मुखकाे क्यान्सर हुने देखिएपनि ६ प्रतिशतले मात्रै जाँच गराउँने र १७ दशमलव १ प्रतिशतलाई स्तन क्यान्सरको देखिएपनि ४ प्रतिशतले मात्रै जाँच गराउँनले गरेको बताइन्।

उनले भनिन्, ‘क्यान्सर भइसकेपछि उपचार गराउनु भन्दा यी क्यान्सर राेगबाट महिलाहरूलाई बचाउन पर्याप्त बजेटकाे व्यवस्था गरी जनचेतनामूलक कार्यक्रम सहित देशव्यापी सबै महिलाहरूकाे निःशुल्क स्क्रिनिङ टेस्ट गर्न सभामुखमार्फत सरकारसँग माग गर्छु।’

प्रकाशित मिति: : 2025-02-11 14:46:00

प्रतिकृया दिनुहोस्