बालकृष्ण खाणको कार्यकर्तालाई आग्रह- रामो काम गरेकालाई राम्रो भनिदिनुस्

Break n Links
Break n Links

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफ्नै साथीहरूको विरोध र असहयोगका कारण कांग्रेसलाई ठूलो पार्टी बन्न कठिनाई भइरहेको बताएका छन्।

सोमबार कांग्रेस दाङ क्षेत्र नं. १ ले लमहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता खाणले गिरिजाप्रसाद कोईरालाको भनाइ समेत स्मरण गराए।

उनले भने, ‘विरोध नगर्ने हो भने कांग्रेसलाई नम्बर १ पार्टी बनाउनबाट कसैले रोक्न सक्दैन। गिरिजाप्रसाद कोइरालाले भन्दा हामी मनमनै हास्थ्यौं। उहाँ भन्नुहुन्थ्यो- ‘कांग्रेसले संसारलाई विश्वास गर्न सक्छ। कांग्रेसले कांग्रेसलाई नै हराउँछ’ त्यो कुरा सत्य रहेछ।’

उनले पार्टीका नेताहरूको विरोध गर्दा उनीहरूकै अगाडि गर्न र गुनासो पनि उनीहरूसँगै गर्न आग्रह गरे। 

उनले भने, ‘अहिले यो कार्यक्रममा शेरबहादुर देउवा हुनुहुन्न। शेरबहादुर देउवालाई गाली गरेर के गर्नु हुन्छ? गगन थापा यहाँ हुँदै हुनुहुन्न उहाँलाई गाली गरेर के गर्नु हुन्छ?’

त्यस्तै उनले आफ्नै साथीको विरोध नगर्न र राम्रो काम गरेकोलाई राम्रो गरेको भन्नसमेत आग्रह गरे।

प्रकाशित मिति: : 2025-02-11 15:21:00

प्रतिकृया दिनुहोस्