एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा कँडेल

File Photo
File Photo

एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन्।

दलको भर्खरै सम्पन्न पहिलो बैठकले कँडेललाई सर्वसहमत रूपमा दलको नेतामा चयन गरेको हो।

एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल सुर्खेत २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2022-12-28 15:13:00

प्रतिकृया दिनुहोस्