एकीकृत समाजवादी सरकारमा सहभागी हुँदै

नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा एकीकृत समाजवादी समेत सहभागी भएको हो।

मंगलबार राति नेकपा एमालेका उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष माधव नेपाललाई भेटेका थिए। सो भेटमा सरकारमा सहभागी हुनेबारे छलफल भएको थियो।

यस्तै बुधबार बिहानैदेखि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको छ भने अहिले खुमलटारस्थित प्रचण्ड निवासमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल र प्रधानमन्त्री प्रचण्डबीच वार्ता भइरहेको छ।

उक्त वार्तालाई निर्णायक हुने आंकलन गरिएको छ। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्नेबारे नेकपा एकीकृत सकारात्मक देखिएको छ।

प्रकाशित मिति: : 2022-12-28 12:27:00

प्रतिकृया दिनुहोस्