नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
आउँदो शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को समीक्षा, समसामयिक राजनीतिकसहितका विषयमा छलफल हुनेछ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ।