निवर्तमान प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार मात्रै सरकारी निवास छाड्ने भएका छन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ प्रधानमन्त्रीमा नियुक्ति भएसँगै देउवाले अब सरकारी निवास छाड्नुपर्ने हुन्छ। देउवा बूढानीलकण्ठमा घर भए पनि उक्त घरमा मर्मत कार्य भइरहेकाेले अर्काे घर भाडामा खाेजिरहेका थिए।
धुम्बाराहीमा नयाँ घर भेटिएकाेले आज र भोलि डेकोरेशन गरेर पर्सी (बिहीबार) बालुवाटार छाड्ने तयारी भएकाे देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।
देउवाले बालुवाटारकाे सरकारी निवास छाडेपछि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यहाँ सर्ने छन्। साेमबार शपथ ग्रहण गरेका प्रधानमन्त्री प्रचण्ड अहिले खुमलटारमै बसेका छन्।