दाङको घोराही उपमहानगरपालिका भित्र चिसोको जोखिममा रहेका वादी समुदायमा कपडा वितरण गरिएको छ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तरगत साेमबार घोराही उपमहानगरपालिका वडा नम्बर १३ र १५ का वादी बस्तीका बालबालिका र जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको हो।
कार्यक्रम अन्तर्गत घोराही उपमहानगर १३ को दुर्गा भवानी टोल र घोराही उपमहानगरपालिका १५ को सिर्जनशील टोलका १ सय ४० बालबालिका र ५५ जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको केन्द्रकी संस्थापक अध्यक्ष योगीले जानकारी दिइन।
वादी समुदायका बालबालिका,अपांग भएका व्यक्ति र जेष्ठ नागरिकहरु चिसोमा उच्च जोखिमा रहेकाले ६ लाख बढीको न्यानो कपडा वितरण गरिएको उनले बताइन।