प्रचण्ड नेतृत्वको सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।
अर्थमन्त्रीका रुपमा पौडेलको यो तेस्रो कार्यकाल हो।