बिएल संवाददाता
प्रतिनिधिसभामा सभामुखले गलत नाम उच्चारण गरेपछि सांसदले प्रश्न उठाएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीको नाम गलत उच्चारण गरेपछि उनले सभामुखको ध्यानाकर्षण गराएका हुन्।
शून्य समयको अन्तिममा सांसद कार्कीको पालो आएपछि सभामुख घिमिरेले ‘अब माननीय ज्ञानबहादुर कार्की’ भनेका थिए। तत्काल गल्ती सच्याउँदै उनले ज्ञानेन्द्रबहादुर कार्की भनिसकेका थिए।
त्यसपछि बोल्ने पालो पाएका सांसद कार्कीले सभामुखलाई ध्यान दिएर मात्रै नाम उच्चारण गर्न सुझाव दिएका थिए।
उनले भने, ‘सभामुख महोदय, नाम उच्चारण गर्दा ध्यान दिनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु।’
सभामुखलाई ध्यानाकर्षण गराएपछि कार्कीले आफ्नो विषय संसदमा राखेका थिए।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया