बिएल संवाददाता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट २१ वर्षीय उमंग लोहनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
युवा पुरुष (३५ वर्षमुनि) क्लस्टरतर्फ भएको प्रतिस्पर्धामा लोहनी सर्वाधिक मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्न सफल भएका हुन्।
उक्त पदका लागि चुनावी प्रतिस्पर्धामा ११ जना उम्मेदवारहरू आकांक्षीका रूपमा मैदानमा उत्रिएका थिए। युवा पुरुष (३५ वर्षमुनि) तर्फ लोहनीले फराकिलो मतान्तरसहित प्रभावशाली जित दर्ता गराएका छन्।
कानुनका विद्यार्थी समेत रहेका उमंग विगत केही वर्षदेखि कानुन तथा नीति निर्माणका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन्।
हाल उनी नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सबैभन्दा कान्छा सदस्यका रूपमा कार्यरत छन्।
यसका साथै उनले नेपाली कांग्रेसको बाल अधिकार उपसमितिको संयोजकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया