नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदभार ग्रहण गर्नुअघि सहितहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
दिउँसाे ४ बजे राष्ट्रपति भवन शीतल निवासबाट शपथ ग्रहण गरेर बाहिरिए गलत्तै प्रधानमन्त्री प्रचण्ड लैनचौरस्थित सहिद स्मृति स्मारक पुगेका थिए। सो स्मारकमा प्रधानमन्त्रीले सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे।
त्यस्तै त्यतैबाट प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित पुष्पलाल स्मृती पार्कमा रहेको कमरेड पुष्पलालको सालिकमा माल्यार्पण गर्न पुगेका छन्। भने, त्यहाँबाट पार्टी कार्यालय पेरिसडाँडा पुगेर सहिद तथा वेपत्ता स्मृती स्तम्भमा माल्यार्पण गर्न प्रचण्डकाे सचिवालयले जनाएकाे छ।
उनी त्यहाँबाट सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेकाे छ।
त्यसपछि आजै मन्त्रीपरिषद्काे बैठक बस्नेछ।