बुधबार, ०७ जनवरी २०२६

रहिनन् राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहाल

News Image
• • •

राष्ट्रिय पञ्चायतकी सदस्य नानीमैयाँ दाहालको निधन भएको छ।

निमोनियाँ रोगले पीडित दाहालको सोमबार ९२ वर्षको उमेरमा दीर्घायु अस्पताल काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जानकारी दियो।

पञ्चायतकालमा स्वतन्त्र उम्मेद्वार बन्दै जोगमेहर श्रेष्ठलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित नानीमैयाँको चर्चा हरेक निर्वाचनमा हुने गरेको छ।

नानीमैयाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दियो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!