गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय: निर्मला पन्तलाई न्याय दिन पहल गर्छु

BreaknLinks
BreaknLinks

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरेका छन्।

सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हालेपछि उनले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेको बताए।

‘निर्मलाको पन्तको घटनाको अपडेट पनि गर्नुहोला’, लामिछानेले निर्देशन दिँदै भने, ‘अपडेट मलाई गर्नुहोला। उक्त घटनामा न्यायका लागि अधिकतम पहल गर्ने निर्णय लेख्नुहोला।’

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साल साउन ११ गते बलात्कारपछि हत्या भएको थियो।

भिडियाे:

प्रकाशित मिति: : 2022-12-26 17:56:00

प्रतिकृया दिनुहोस्