नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन्।
नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा एमालेले उनलाई अर्थमन्त्री बनाउने निर्णय गरेकाे छ। अब उनी उपप्रधान तथा अर्थमन्त्री बन्ने भएका छन्।
पाैडेल यसअघि केपी शर्मा ओली नेतृत्वकाे सरकारमा अर्थमन्त्री बनेका थिए। उनकै नेतृत्वमा एमाले प्रचण्ड सरकारमा जाँदैछ।