आफ्नै नागरिकताको उजुरी रहेकाे मन्त्रालय ताक्दै रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्री मागेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।

‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमा गृहमन्त्री दाबी गर्दैआएका उनी नागरिकता विवादको जालोमा अल्झिएका छन्।

सभापति लामिछानेको नागरिकता विवाद यतिबेला गृह मन्त्रालयमा पुगेको छ। निर्वाचन आयोग र गृह मन्त्रालयमा उनीविरुद्ध नागरिकताको विषयलाई लिएर उजुरी परेपछि काठमाडौं जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ।

जुन मन्त्रालयमा उजुरी छ, त्यही मन्त्रालय मागेर लामिछानेले गठबन्धनका नाइके केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डसँग च्याखेदाउ थापेका छन्।

‘रवि दाइले गलत कदम चाल्नुभयो। उहाँ सरकारमा जान हतार देखिनुभयो। आफूविरुद्धको उजुरी आफू नै मन्त्री भएर सल्टाउन खोजेजस्तो देखियो,’ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने।

प्रकाशित मिति: : 2022-12-26 13:17:00

प्रतिकृया दिनुहोस्