संसद भवनमा सर्वदलीय बैठक सुरु, सरकार गठनबारे छलफल गरिने

नयाँ बानेश्वारस्थित संघीय संसद भवनमा सत्ता पक्षीय नेताहरुकाे बैठक सुरु भएकाे छ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसँगै सरकार गठबनकाे विषयमा छलफलकाे लागि सर्वदलीय बैठक बसेकाे हाे।

आज दिउँसाे ४ बजे प्रधानमन्त्री प्रचण्डकाे शपथपछि सानाे आकारकाे मन्त्रीमडल बनाउने तयारी भएकाे छ।

यसअघि माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेकाे छ। भने, अन्य दलले पनि १/१ मन्त्री आजै सरकारमा पठाउने तयारीमा छन्।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछाने, नेपाल समाजवादी पार्टी अध्यक्ष डा.बाबुराम भट्टराई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) तथा माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी छन्। 

प्रकाशित मिति: : 2022-12-26 12:28:00

प्रतिकृया दिनुहोस्