रवि लामिछानेले मागे गृहमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।

पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए। रविले उपप्रधानमन्त्रीसहित जनतासँग जोडिने एक महत्वपूर्ण मन्त्रालयको दावी गर्ने ती नेताले बताए।

नागरिकताको उजुरी गृहमन्त्रालयमै छ।अनि अरू मन्त्रालय मागेर के गर्नु ? आखिर सरकारमा जानु भनेकै मुद्दा दबाउन हो। भनिन्छ नि, बाँच्नु मात्र पर्छ, बाँचे देखिन्छ ।

उनका अनुसार रवि लामिछानेले गृहमन्त्री बन्ने ईच्छा व्यक्त गरेका छन् । पार्टीका लागि उनले भौतिक मन्त्रालयको पनि दाबी गर्नेछन् ।

गठबन्धनको बैठकमा रास्वपाले पाउने मन्त्रालयका आधारमा अरू मन्त्री तय गरिने पनि रास्वपाका ती नेताले बताएका छन् ।

स्मरणीय रहोस् लामिछानेको नागरिकतासम्बन्धमा गृहमन्त्रालयमै उजुरी गरिएको छ । जुन मन्त्रालयमा उनको उजुरी परेको छ, त्यही मन्त्रालय मागेर उनले आफ्नो अभिष्ट पूरा गर्ने सोच बनाएका छन् ।

प्रकाशित मिति: : 2022-12-26 11:31:00

प्रतिकृया दिनुहोस्