प्रदेश १ का सांसदहरुको शपथ ग्रहण आज, ५ जनाले मातृभाषामा शपथ लिने

File Photo
File Photo

प्रदेश १ का नवनिर्वाचित सांसदहरुले आज दिउँसो शपथ ग्रहण गर्दैछन्।

प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द गनगाईंले प्रदेशसभा सदस्यहरुलाई दिउँसो १ बजे शपथ खुवाउने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

ज्येष्ठ सदस्य गनगाईंलाई साढे १२ बजे प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ खुवाउने छन्।

९३ जनाको प्रदेशसभामा पाँच जना सांसदले आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

पाँचथर १ (१) बाट निर्वाचित इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित खिनु लङ्वा लिम्बु, पाँचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, ताप्लेजुङ १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जसपाको समानुपातिकबाट निर्वाचित निर्मला लिम्बूले लिम्बू भाषामा शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-12-26 11:15:00

प्रतिकृया दिनुहोस्