प्रचण्ड नेतृत्वको सरकारमा सहभागीताका विषयमा लोसपा अनिर्णित

फाइल तस्बिर
फाइल तस्बिर

लोकतान्त्रिक समाजवादी पार्टीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको छ।

लोसपा अहिलेसम्म कांग्रेसको साथमा नै रहेको लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए।

उनले आफूहरू अहिले बालकोटसँग नभएको बताए । उनले चुनावमा कांग्रेससँग मिलेर तालमेल गरेकाले आफूहरू सोही पार्टीसँग रहेको बताए।

सोनलले आगामी राजनीति कसरी अगाडि बढ्छ त्यो हेरेर मात्रै अगाडि बढ्ने बताए।

प्रकाशित मिति: : 2022-12-25 18:10:00

प्रतिकृया दिनुहोस्