बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

File Photo
File Photo

सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक केही बेरअघि सुरु भएको हो।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको पहिलो समयसीमा आइतबार साँझ ५ बजे सकिँदैछ। सो अगाबै ‘पावर सेयरिङ’को विषय टुंग्याउन गठबन्धनको बैठक बसेको हो।

गठबन्धनका दुई प्रमुख दल कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेका बेला गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन्।

प्रकाशित मिति: : 2022-12-24 17:16:00

प्रतिकृया दिनुहोस्