२०२२ का चर्चित २२ तस्बिर

BreaknLinks
BreaknLinks

अल्माटी, कजाखस्तान, जनवरी–१९ 
बढ्दो असमानता, मुद्रास्फीति र इन्धन मूल्यको विरोध गर्दै प्रदर्शनकारीहरूले जलाएकाे सिटी हलस्थित मेयरको कार्यालय। 

म्यानहट्टन, जनवरी–२२ 
हार्लेम अपार्टमेन्टमा घरेलु हिंसा राेक्न खाेज्दा गोली लागेर ज्यान गुमाउने न्युयोर्क शहरका दुई प्रहरी जेसन रिभेरा र विल्बर्ट मोरालाई संवेदना प्रकट गर्दै सहकर्मी। अफिसर रिवेरालाई अस्पतालमा मृत घोषित गरिएको थियो भने मोराको केही दिन पछि मृत्यु भयो। 

केन्टकी, फेब्रुअरी–२ 
आत्म-क्षति गरि बाल रोग विशेषज्ञसँग उपचार गराइरहेकी १२ वर्षीया बालिका। किशोरकिशोरी माझ मानसिक स्वास्थ्य समस्याहरू बढ्दो क्रममा रहेको सामुदायिक डाक्टरहरू बताउँछन्। 

किभ, युक्रेन, फेब्रुअरी २६ 
शिक्षक पेशामा आबद्ध जुलिया (केन्द्र) र स्वयंसेवक युक्रेनी युद्धमा तैनाथ हुनका निमित्त प्रतीक्षा गर्दै। रुसी सेना हाभी भएपनि युक्रेनी सेना र नागरिक स्वयंसेवकहरूको बढ्दो संख्याले राजधानीको सुरक्षामा महत्वपूर्ण भूमिका खेलेका छन्। 

पलान्का, मोल्दोभा, मार्च १ 
युक्रेनी फिगर स्केटिङ टोलीका कोरियोग्राफर इलोना कोवल, आफ्नी छोरी (बायाँ) र पारिवारिक साथीसँग युद्धबाट भाग्दै। युद्ध पश्चात धेरै युक्रेनीहरू पश्चिम देशको सुरक्षित क्षेत्रहरूमा वा युरोपतिर लागेका छन्। 

हलिवुड, क्यालिफोर्निया, मार्च २७ 
ओस्कार समारोहमा अभिनेता विल स्मिथले सहकर्मी क्रिस रकलाई लगाएको थप्पड, उनले सामना गर्नुपरेको आलोचना भन्दा चर्को थियो। क्रिसले स्मिथको श्रीमती जाडा पिन्केट स्मिथको मजाक गरेपछि स्मिथ स्टेजमा पुगेका थिए।

ल्भिव, युक्रेन, अप्रिल २६ 
पूर्वी लुहान्स्क क्षेत्रको पोपस्ना सहरमा रुसी तोप आक्रमणमा दुई दर्जन सँगी सैनिकहरू सहित मारिएका जुम्ल्याहा भाइ एहोर किहितोभलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै हलिब किहितोभ। 

किभ, युक्रेन, अप्रिल २१ 
युक्रेनी सिपाही, म्याक्सिम सिरोइज्को, आफ्नी प्रेमिका याना मत्वापाएवासँग। यी दम्पतीले आफूहरू विगत पाँच वर्षदेखि सँगै रहेको तर युद्ध सुरु भएदेखि एकअर्कालाई नदेखेको बताए।

जेरुसेलम, मे १३ 
वेस्ट बैंकमा इजरायली आक्रमणको रिपोर्टिङ गर्ने क्रममा इजरायली प्रहरी अधिकारीहरू गोली लागि मारिएकी प्यालेस्टाइनी-अमेरिकी पत्रकार शिरीन अबु अक्लेहको कफिन बोकेर शोक मनाउनेहरुमाथि आक्रमण गर्दै। 

युभाल्ड़े, टेक्सास, मे २४ 
सामूहिक गोलीबारीमा १९ बालबालिका र दुई शिक्षकको मृत्यु भएको रोब इलिमेन्टरी स्कूलको झ्यालबाट उद्धार गरिएको बालबालिकाहरू सुरक्षित ठाउँतर्फ भाग्दै। 

ह्युस्टन, जुन २४ 
टेक्सासको सबैभन्दा ठूलो गर्भपतन प्रदायक ह्युस्टन महिला क्लिनिकका कर्मचारी सदस्यहरूले गर्भपतनको संवैधानिक अधिकार समाप्त गर्ने सर्वोच्च अदालतको निर्णयको बारेमा थाहा पाएपछिको प्रतिक्रिया। 

युभाल्ड़े, टेक्सास, जुन १
रोब इलिमेन्टरी स्कूलमा भएको नरसंहारमा मारिएका १९ बालबालिकामध्ये एक १० वर्षीय उजियाह गार्सियाको गोलिले च्यातिएको नोटबुक।

असम, भारत, जुन २ 
बाढीले नष्ट गरेको धानबारीमा हिफजुर रहमान नामका किसान ढल्दै। मौसमको ढाँचामा बढ्दो अस्थिरताले पहिले नै गरिबीको सामना गरिरहेका कमजोर किसानहरुको  लागि खेतीलाई अझ असुरक्षित बनाएको छ।

कोलम्बो, श्रीलंका, जुलाई १३ 
राष्ट्रपति गोताबाया राजापाक्षे देश छोडेर भागेपछि प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय आफ्नो नियन्त्रणमा लिएका थिए। महिनौंदेखि, प्रदर्शनकारीहरूले राजापाक्षेलाई भ्रष्टाचार र कुप्रबन्धको माध्यमबाट अर्थतन्त्रलाई तहसनहस पुर्‍याएको आरोप लगाएका थिए।

नारा, जापान, जुलाई ८
पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई चुनावी कार्यक्रममा गोली हानेपछि सुरक्षा अधिकारीहरूले तेत्सुया यामागामीलाई नियन्त्रणमा लिएका थिए। प्रहरी अधिकारीहरूको अनुसार यामागामीले जापानको इतिहासमा सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री आबेलाई मार्न घरमै बनाइएको बन्दुक प्रयोग गरेको थियो। 

त्रुस्कावेट्स, युक्रेन, अगस्ट २
युद्धभूमिमा बमको छर्रा लागेर दुवै खुट्टा गुमाएका २७ वर्षीया मिशाले प्रोस्थेटिक खुट्टाको पर्खाइमा अस्पतालको जिममा समय बिताए। उनको साथीहरूले उनलाई 'एक्रोब्याट' को उपनाम दिएका छन्। 

खिम्की, रूस, अगस्ट ४
अमेरिकी बास्केटबल स्टार ब्रिटनी ग्रिनरले आफूलाई ९ वर्षको जेल सजाय सुनाएको थाहा पाएपछि। डिसेम्बरमा भएको रुस र अमेरिका बीचको कैदी अदलाबदली पछि उनको जेल समय समाप्त भयो। 

एबरडीनशायर, स्कटल्याण्ड, सेप्टेम्बर ६
रानी एलिजाबेथ द्वितीय उनको मृत्यु भन्दा दुई दिन अघि बालमोरल दरबारमा। स्वास्थ्यमा कमजोरी देखिएपछि रानीले आफ्नो समयतालिका परिमार्जन गर्दै आएकी थिइन्। बकिङ्घम प्यालेसको सट्टा बालमोरलमा लिज ट्रसलाई बेलायतको प्रधानमन्त्री नियुक्त गर्ने समारोह आयोजना गरेर उनले परम्परा समेत तोडिन्।

लण्डन, सेप्टेम्बर १०
बेलायतको सबैभन्दा लामो समय शासन गर्ने रानी एलिजाबेथ द्वितीयको शोक मनाउन भेला भएका भीडलाई अभिवादन गर्न विन्डसर दरबार बाहिर दुर्लभ संयुक्त उपस्थितिमा वेल्सको राजकुमार विलियम र राजकुमारी क्याथरीन, ससेक्सको ड्यूक ह्यारी र डचेस मेघन देखाए।

किभ, युक्रेन, अक्टोबर १०
रुसलाई क्रिमियन प्रायद्वीपसँग जोड्ने पुललाई ध्वस्त पार्ने युक्रेनी  विस्फोटको बदलास्वरूप गरिएको आक्रमणबाट त्रसित र रगतले लतपतिएका युक्रेनी नागरिक। 

स्निहुरिव्का, युक्रेन, नोभेम्बर १०
युक्रेनी सैनिक गाउँमा प्रवेश गरेपछि एक महिला खुसिको आँशु झार्दै। रुसले युक्रेनी भूमिबाट पछि हट्ने घोषणा गरेको एक दिनपछि युक्रेनी सेना सावधानीपूर्वक गाउँमा पसेका थिए। 

क्युदाद ह्वारेज, मेक्सिको, डिसेम्बर ११
अधिकांश निकारागुआका रहेका १,०० आप्रवासीहरूको ताँती रियो ग्रान्डे पार गरी संयुक्त राज्य अमेरिका तर्फा जाँदै। पश्चिमी टेक्सास सीमामा देखिएको उक्त पङ्क्ति हालैका वर्षहरूमा सबैभन्दा ठूलो पङ्क्ति हो।

प्रकाशित मिति: : 2022-12-31 21:26:00

प्रतिकृया दिनुहोस्