त्रिभुवन विमानस्थलबाट साढे १९ केजी सुन बरामद

Symbolic photo
Symbolic photo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १९ केजी अवैध सुन बरामद भएको छ।

शुक्रबार दुबईको विमानस्थलबाट आएका सुडानी नागरिकको साथबाट उक्त परिमाणको सुन बरामद भएको विमानस्थल प्रहरीले जनाएकाे छ। 

प्रहरीका अनुसार सुन भन्सार चेकजाँचका क्रममा बरामद भएको हाे। 

प्रकाशित मिति: : 2022-12-23 16:48:00

प्रतिकृया दिनुहोस्