नेपाल प्रहरीका एसपी यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

सर्वोच्च अदालतले नेपाल प्रहरीका एसपी रामेश्वर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

विषेश अदालतको फैसला उल्टाउँदै सर्वोच्च अदालतले दोषी ठहर गरेको हो। सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले दोषी ठहर गर्दै फैसला सुनाएको हाे।

२०७० सालमा रुपन्देही जिल्ला प्रहरी कार्यालयमा हुँदा उनले अनियमिता गरेको आरोप लागेको थियो। तर उनलाई विषेश अदालतले सफाइ दिएको थियो। त्यसपछि उनी एसपीमा बढुवा पनि भए। यादव सिन्धुपाल्चोक जिल्लाको प्रहरी प्रमुखसमेत बनेका थिए।

प्रकाशित मिति: : 2022-12-23 14:11:00

प्रतिकृया दिनुहोस्