माओवादीका सांसद रामकुमार र महिन्द्र रायले लिए शपथ

बिहीबार शपथ लिन छुटेका दुई सांसदले शुक्रबार शपथ लिएका छन्।

शुक्रबार संसद् सचिवालयमा नेकपा माओवादी केन्द्रका रामकुमार राई र महिन्द्र राय यादवले शपथ लिएका हुन्। संसद् सचिवालयका अनुसार सांसदद्वयले संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिएका हुन्।

सांसद रायले हिन्दी भाषामा शपथ ग्रहण गरेका छन् भने सांसद राईले नेपाली भाषामै शपथ लिएका छन्। बिहीबार ४ जना सांसदले शपथ लिन पाएका थिएनन्। शपथ लिन नपाएकामध्ये दुई सांसदको शपथ अझै बाँकी रहेको संसद् सचिवालयले जनाएको छ।

शपथ लिन बाँकी रहेका नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले पारिवारिक शोकमा र नेपाली कांग्रेसकी माया राई सुत्केरी भई अस्पतालमा छिन्। अब उनीहरूलाई आफ्नो अनुकूलतामा शपथ गराउने सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-12-23 12:56:00

प्रतिकृया दिनुहोस्